काठमाडौँ, जेठ ७
गरिमा विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४९ करोड ६४ लाख १९ हजार एक सय ९२ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४३ करोड २५ लाख ४० हजार आठ सय ९१ रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार चार सय २८ रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३६ अर्ब ५० करोड ७९ लाख ५२ हजार नौ सय २० रूपैयाँ कर्जा प्रवाह गरेको छ
सो अवधिमा एक अर्ब २३ करोड ५५ लाख ८२ हजार छ सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले २९ अर्ब ७६ करोड २५ लाख रूपैयाँ निक्षेप संंकलन गरी २८ अर्ब २१ करोड नौ लाख ९२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब दुुई करोड ३९ लाख ५३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २६ प्रतिशत रहेको थियो ।