काठमाडौँ, जेठ ७
सिर्जनशील लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ७१ लाख २५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ३२ लाख ७२ हजार रूपैयाँ रहेको थियो । हाल चक्ता पुँजी सात करोड रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ५८ करोड ५५ लाख ८९ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३२ करोड ९६ लाख ३० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड एक लाख १२ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ३८ लाख १३ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ४४ करोड ४८ लाख १९ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १६ करोड ७९ लाख चार हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । खुुद ब्याज आम्दानी एक करोड तीन लाख ६४ हजार रूपैयाँ रहेको संस्थाको प्रोभिजन रकम नौ लाख ४७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७१ प्रतिशत रहेको थियो ।