काठमाडौँ, जेठ ७ उपकार लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ३६ लाख चार हजार रूपैयाँले खुुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ५६ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी चार करोड २० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६७ करोड छ लाख ३४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब छ करोड २० लाख ४८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ८० लाख ५० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ९२ लाख ८१ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात नौ दशमलव ३९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ४६ करोड ४४ लाख ५६ हजार रूपैयाँ निक्षेप संकलन गरी ५८ करोड ४८ लाख ४५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९० लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १२ दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।