कैलाली। कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् आमसभा भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत केन्द्रीय नेताहरुले आमसभामा सम्बोधन गरेका छन् ।
आमसभालाई सम्बोधन गर्दै नेताहरुले प्रदेश सरकारको काम नरहेको भन्दै विदेशबाट ऋण ल्याएर शासकलाई पोस्ने काम भएको उल्लेख गरे । उनीहरुले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको बताए । राप्रपाले परिवर्तनका लागि जनता जाग्नुपर्ने बताउँदै व्यवस्था र अवस्था परिवर्तनका लागि आफूहरुले देशव्यापी आमसभा कार्यक्रम गर्ने जनाएको छ ।