काठमाडौँ, जेठ ७
जनउत्थान सामुुदायिक लघुुवित्त वित्तीय संंस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ८२ लाख १३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ८२ लाख ५९ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी छ करोड ३३ लाख ६० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ५२ करोड १० लाख पाँच हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५३ करोड २१ लाख ५६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा सात करोड ५७ लाख ७१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३७ लाख ५४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ५२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ३६ करोड ३५ लाख ६९ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड छ लाख ९५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोठ २९ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।