काठमाडौँ, जेठ ७
सिभिल बैंक र सेल–पेबीच सम्झौता भएको छ । बैंकले नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेल–पेसँग सहकार्य डिजिटल भुक्तानीको लागि सम्झौता गरेको हो । सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुुन् । सेल–पे, सेलकम प्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेल–पेलाई विभिन्न अन्तराष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ ।
सेल–पे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरूले सेल–पेमा आबद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरूले सेल–पे भुक्तानी सेवा रहेका स्थानहरूमा सेल–पेमार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत मोबाइलको टपअप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरूको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन तथा पाउन, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय २३ वटा शाखा कार्यालय, दुुई वटा एक्सटेन्सन काउन्टर र ८५ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।