काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार दुई सय रुपैयाँमध्येबाट पाँच दशमलव शून्य पाँच प्रतिशतका दरले हुन आउने चार करोड ९५ लाख ७५ हजार एक रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सका अनुसार यो नगद लाभांशमा कर समेत जोडिएको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर २६ गते बसेको तीन सय ३६ औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।