काठमाडौं । नेपाल एसबीआई बैकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस १३ गते आफ्नो ३० औँ वार्षिक साधारणसभा गर्न लागेको हो । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीको तीन दशमलव ७५ प्रतिशतका दरले हुन आउने ३७ करोड ९५ लाख २३ हजार पाँच सय ७६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक चुक्ता पुँजीको छ दशमलव ८० प्रतिशतका दरले हुन आउने ६८ करोड ८२ लाख दुई हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिने बैंकले जानकारी दिएको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही मंसिर २९ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।