काठमाडौं,पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटने आदेश दिएको छ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री खाँणलाई थुनामा पठाउनुपर्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश उच्च अदालतले उल्टाएको हो ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त्त गरेको रायलाई समर्थन गरेको छ ।
उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाणँलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय दिएका थिए ।