बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै जिपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको भने एक जना सहायक हबल्दार गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान विशाल वलीको भे १ च ३४०७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा मृत्यु भएको जानकारी दिए ।
बाँकेका प्रहरी प्रवक्ता डाँगीले गम्भीर घाइते भएका बर्दियाको बाँसगढी नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत प्रहरी सहायक हबल्दार लालबहादुर बुढा क्षेत्रीलाई कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको जानकारी दिए ।