काठमाडौं । दुर्लभ बन्यजन्तु सालकको खपडासहित तीन जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको पेप्सीकोलाबाट सालकको खपडासहित दोलखाका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकविर तामाङलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान मिनभवनबाट खटिएको प्रहरीले दुर्लभ बन्यजन्तु सालकको खपडा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा ४४ ईन्च लम्बाई, २१ ईन्च चौडाई रहेको खुट्टाको नंग्रासहितको सालकको खपडा/छाला जस्तो देखिने बस्तुसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय, हात्तिसार पठाईएको प्रहरीले जनाएको छ ।