काठमाडौं । ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताए । उनले स्थानीय तहको जनप्रतिनिधिले संघीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो समेत गरे ।