काठमाडौं  । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २२ गते काठमाडौंस्थित कम्पनीको कार्यालय नक्सालमा आफ्नो १६ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू अनुमोदन गर्ने तयारी गरेको छ ।