काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आठ करोड ८२ लाख ६५ हजार तीन सय ११ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा नौ करोड ९१ लाख ३० हजार नौ सय ५४ रुपैयाँ खुद नाफा कमाएको थियो।
हाल चुक्ता पुँजी एक अर्ब ५५ करोड १० लाख ८८ हजार एक सय ६६ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा नौ अर्ब चार करोड १२ लाख ७० हजार आठ सय ७२ रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २६ करोड ६७ लाख ७५ हजार नौ सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड ४२ लाख ४२ हजार आठ सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा ६७ करोड ३६ लाख २९ हजार चार सय ३० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव शून्य नौ प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा भने संस्थाले नौ अर्ब चार करोड ५५ लाख ६५ हजार ९६ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब २३ करोड पाँच लाख १५ हजार चार सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड २४ लाख ६४ हजार ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ७४ प्रतिशत रहेको थियो ।