खजुरा । पालिकाभित्र रहेका दुईसय २४ जना अपाङ्गता भएका नागरिकलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ ।

राप्तीसोनारी अस्पताल बैजापुरमा आइतबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगसम्बन्धी २ सय १६ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।