काठमाडौं,प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एक्काइसौँ शताब्दीको भूमण्डलीकृकत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको आज भएको ४९ ओँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति दाहालले भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धा जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेकोे बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने पश्नमा समीक्षा आवश्यक भएको बताएका छन् ।
विश्वविद्यालयमा क्रियाशिल प्राज्ञहरुको भूमिका किन ओजेलपूर्ण हुन सकिरहेको छैन ?विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु बेलाबेला पठनपाठनमा तत्यावरोध आइरहनुमा को दोषी ? प्रधानमन्त्री दाहालको प्रश्न थियो । उनले एकातर्फ हामी विश्वविद्यालय राजनीतिक भागबण्डा हुनुहँदैन,विश्वविद्यालयहरु स्वायत्त प्राज्ञिक निकायहरु हुनुपर्दछ भनिरहेका छौँ,अर्कोतर्फ हामी आफैँ राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ भन्दै शिक्षा व्यक्तिको जीवन,राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्ने र सर्वसुलभरुपमा उच्च शिक्षा प्राप्त गर्न अवसर सबैलाई प्राप्त हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । सङ्ख्यात्मक बुद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा दिन विश्वविद्यालयको नेतृत्वलाई आग्रह गर्दै प्रधानमन्त्री दाहालले यसका लागि अभिभावकत्व र सहयोगका निम्ति नेपाल सरकार सधैँ तत्पर रहेको स्मरण गराए ।
उनले दीक्षित हुने विद्यार्थीहरुले आर्जन गरको शिक्षा,ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वास व्यक्त्त गर्दै आफूलाई सचेत र इमान्दार नागरिकका रुपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रति कर्तव्य जिम्मेवार रुपमा पूरा गर्ने सफलता दीक्षित विद्यार्थीलाई मिलोस भनी शुभकामना पनि दिए ।प्रधानमन्त्री दाहालले एक वर्षको अनवरत मेहनत र क्रियाशीलाको परिणाम आज अर्थतन्त्रका अधिकांश सूचकहरुमा सुधार हुँदै गए पनि अपेक्षाकृत परिणाम हासिल गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेकाले सरकारको इमान्दार प्रयासमा बौद्धिक युवा जनसमुदायको रचनात्मक साथ,सहयोग र एक्यबद्धता रहने विश्वास पनि व्यक्त गरेका थिए ।