काठमाडौं,चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले आमरण अनशन तोडेका छन् । डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका १ की अञ्जली नेपाली र धनगढी महानगरपालिका ७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका थिए ।

अनशन तोडेपछि डा.केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भना हुँदैछन् । केसीले अनसन तोड्दै गेटामा मेडिकल विश्वविद्यालय बन्न नसक्ने जिकिर गरेका छन् ।