शाइन रेसुङ्गा बैंकमा कार्यरत एक कर्मचारी झुण्डिएको अवस्थामा फेला परेका छन् । बुटवलको साइन रेसुङ्गा बैंक कर्जा शाखामा कार्यरत कर्मचारी प्रकाश शर्मा बुटवलको फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
सोमबार बिहान फूलबारी नजिक रहेको रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा सम्पर्कविहीन भएका थिए । उनी झुण्डिएको अवस्थामा भेटिएपछि पार्कमा घुम्न गएका मानिसले प्रहरीलाई खबर गरेको बुझिएको छ । घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान पनि सुरु गरेको छ । बैंकमा कार्यरत कर्मचारी जंगलमा पासो लागेको अवस्थामा भेटिनुलाई रहस्यमय तरिकाले हेरिएको छ ।