काठमाडौं । बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान सम्मेलन हुने निर्णय गरेको छ।

बैठकले विधान मस्यौदा समिति गठन गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन् । उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा आदि रहेका छन् ।