काठमाडौं,संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै पशुपतिमा क्षेत्रमा आन्दोलन भएको छ ।

क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन भएको हो ।

नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गर्दै राजिनामा मागेका हुन । उनीहरुले मन्त्री किराँती बिरुद्ध बिभिन्न प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।