काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।
साढे दुई दशकभन्दा लामो अनुभव रहेका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् । पहिलो कार्यकालमा माछापुच्छ्रे बैंक लिमिटेड वित्तीय सूचाकाङ्कमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्वल सावित हुन सफल भएको छ ।