काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आईएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरिएको हो ।
यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आईएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्छ । आईएमई पेले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरू लिएर आउने जानकारी आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए ।