काठमाडौं,पछिल्लोपटक १४ किलो सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त पक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेहितको टोलीले पटकपटक गरि हालसम्म १३८ किलोग्राम अवैध सुन नेपाल भित्र्याएको खुलासा भएको छ ।
गत मंसिर २१ गते त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद गरिएको विषयमा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले छानबिन समितिले तयार पारिएको प्रतिवेदनमा सो तथ्य खुलाइएको हो । १४ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चन्द्र घलेसहित ९ जनालाई पक्राउ गरेको थियो ।
सुन तस्करीको जालोमा दुबईमा रहेको समूहमा अंकित अग्रवाल गरु,नेपाली समूहमा मिनबहादुर घले,दानबहादुर गुरुङ,भरियाको रुपमा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ र विमानस्थल समूहमा रमेश देउला,राधाकृष्ण श्रेष्ठ,अनिल श्रेष्ठ,लेखबहादुर तामाङ र शेरबहादुर बस्नेत रहेका छन् । उनीहरुले बिभिन्न समयमा गरि १ सय ३८ किलो सुन अबैध रुपमा नेपाल ल्याएको खुलेको हो ।