काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही पुस चार गते बुधबार बसेको दुई सय ९७ औँ बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीको नौ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकको भनाइ छ ।