काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयानुसार कृषि विकास बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा आचार्य मनोनयन भएका हुन् ।
नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति बैठक नं.१०६७ का सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका हुन् ।
उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरू डा राजेन्द्रप्रसाद मिश्र, गोविन्द भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागाईँ, रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो ।