न्युयोर्क । संयुक्त राष्ट्र संघीय महासभाले संयुक्त राष्ट्र संघका लागि सन् २०२४को बजेट स्वीकृत गरेको छ । महासभाले तीन अर्ब ५९ करोड अमेरिकी डलरको वार्षिक नियमित बजेट स्वीकृत गरेको राष्ट्र संघले जनाएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा १९ करोड डलर बढी हो । सन् २०२३ मा संयुक्त राष्ट्र संघले तीन अर्ब ४० करोड डलर कार्यान्वयन गरेको थियो । नियमित बजेटबाट राजनीतिक मामिला अन्तर्राष्ट्रिय न्याय, क्षेत्रीय सहयोग तथा मानव अधिकार, सार्वजनिक सूचनालगायतका गतिविधिहरूमा खर्च हुनेछ । संयुक्त राष्ट्र संघमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेन्डर वर्षलाई समेट्छ ।