काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही पुस २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला इभेन्टसमा वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।