काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश पारित गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २६ गते काठमाडौंको कालिकास्थानस्थित अमृृत भोगमा १६औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ३८ करोड २८ लाख २९ हजार दुई सय ८६ रुपैयाँमध्येबाट चार प्रतिशतका दरले हुन आउने १३ करोड ५३ लाख १२ हजार आठ सय ५१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी तीन अर्ब ५१ करोड ८१ लाख ३४ हजार एक सय ३७रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही पुस १७ गते एक दिनको लागि शेयर दर्ता किताब बन्द हुनेछ ।