काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । संस्थाले यही पुस २७ गते सुनसरीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा आफ्नो ११ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्नेछ ।