काठमाडौं । मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । नेपाल किल्यिरिङ हाउसले १५ औँ वार्षिकोत्सव समारोहको उपलक्ष्यमा आयोजना गरेको एक कार्यक्रममा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको हो । काठमाडौंमा भएको उक्त कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो पुरस्कार ग्रहण गरेका हुन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)जस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।