ढोरपाटन (बागलुङ) । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ गएका राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेकका छन् ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए । उनले बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उल्लेख गरे ।
नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए ।
उनले २०४६ सालको जनआन्दोलनमा आफूले बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गरे । कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणका लागि राष्ट्रपति पौडेलले जोड दिए । कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उनको भनाइ थियो ।