बारा । बारा–पर्सा औद्योगिक करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अशोक स्टिलको गत शुक्रबार साँझदेखि नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटे पछि बारा–पर्सा औद्योगिक करिडोरका उद्योगमा कार्यरत मजदुरहरुले बुधबार विरोध कार्यक्रम गरेका छन् ।
बिहान सिमरास्थित जगदम्बा स्टिलको मूल गेटदेखि सुरु भएको विरोध कार्यक्रम प्राधिकरणको सिमरा केन्द्रमा पुगेर टुङ्गिएको थियो । सो कार्यक्रममा करिडोरका अधिकांश मजदुर सहभागी भएका थिए ।
यसरी धेरै दिनसम्म उद्योग बन्द हुँदा मजदुर, कर्मचारीले पारिश्रमिक नै गुमाउनुपर्ने अवस्था आयो, मजदुरको रोजीरोटी नै खोसिने भएकाले हामीले बाध्य भएर विरोध कार्यक्रम गर्नु परेको जगदम्बा स्टिल आधिकारिक मजदुर युनियनका सचिव दिपक कार्कीले बताए ।