काठमाडौं । अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९ का लागि बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ छनोट भएको छ । गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।
वि.सं २०७९ मा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’लाई प्रदान गर्ने निर्णय भएको हो । आइतबार सम्पन्न पुरस्कार व्यवस्थापन समितिको बैठकले ‘लाहुरेको रेलिमाई’लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनौट समितिको सिफारिस अनुमोदन गरेको थियो ।