काठमाडौं । उच्च अदालत पाटनले १५ मंसिरमा धरौटीमा छाड्न आदेश दिएता पनि धरौटी वापत बुझाउने रकम नभएको भन्दै डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता टेकनाथ रिजाल अहिले थुनामुक्त भएका छन् ।

कारागारका एक अधिकारीका अनुसार उनको परिवारले हालै धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर उनलाई छाडिएको हो ।