काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ । प्रदेश कमिटीलाई पुस १० गते पत्राचार गर्दै एमाले महासचिव शंकर पोखरेलले पुस १८ गतेभित्र खाली भएको समूहमा एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएका हुन् ।
पुस १८ गते बेलुकासम्म सबै प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरेर पठाएमा १९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु हुने र उम्मेदवारको टुङ्गो लाग्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले बताए । राष्ट्रिय सभामा हाल रहेका १७ मध्ये एमालेका ९ सांसदको मात्र पदावधि सकिँदै छ ।