काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १७ दशमलव २७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि एक दशमलव ९३ अंकले ओरालो लागेर दुई हजार ६८ दशमलव ९० बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६२ अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ४४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख एक हजार पाँच सय चार पटकको कारोबारमा एक करोड १६ लाख ५८ हजार एक सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब २९ करोड नौं लाख ३२ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त र ट्रेडिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।