काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित गर्ने क्रममा बजारमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ ब्राण्डको मदिरा लन्च गरेको छ । हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओकजस्ता ब्रान्डहरू यसअघि नै नेपाली बजारमा ल्याएको थियो ।
कम्पनीका अनुसार प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रूचिको प्रतिनिधित्व गर्छन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन् । यस नयाँ उत्पादन सिल्भर ओकले पनि उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।
हिमालयन डिस्टिलरीका सीईओ निरज सुवेदीले नयाँ उत्पादन सिल्भर ओकले उपभोक्तालाई अलग्गै वर्गको छुट्टै स्वाद प्रदान गर्ने बताए । साथै, बजारमा कम्पनीको उपस्थितिलाई उल्लेखनीयरूपमा बढोत्तरी गर्ने उल्लेख गरे । उनका अनुसार उच्चस्तरको शुद्धता प्राप्तिका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ईएनए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरिएको छ । सिल्भर ओकलाई स्मुथ फिनिसिङका लागि क्राफ्ट गरिएको बताइएको छ । हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।