झापा । हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज(शुक्रबार) बिहान शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई मृत्यु भएको हो । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएको हो । हात्तीको तोडफोडबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै केही महिना यता झापामा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।