काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंको स्वयम्भू बस्ने जुम्ला घर भएका ३२ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
शाहीले एक जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी उक्त रकम लिएका थिए । पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काटमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।