काठमाडौं,सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानिवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । प्रचण्डले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको बताएका छन् ।

साथै प्रधानमन्त्रीले सो घटनामा परी ज्यान गुमाएका व्याक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताएका छन् ।