बालकुमारी घटनामा ज्यान गुमाएका व्याक्तिको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,गृहमन्त्री नारायणकाजी श्रेठ सहित बसेको सुरक्षा अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको थियो ।
शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरुले बालकुमारीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज,अश्रुग्यास र गोलीसमेत चलाएको थियो । उक्त घटनामा परि २३ बर्षीय सुजन रावत र २२ बर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।