काठमाडौं । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य दमको समस्या बढेकाले अस्पताल भर्ना भएका छन् । उनी हिजो राति करिब आठ बजेतिर शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन् ।

अध्यक्ष वैद्यको एनएक्स–२, ६१३ (क्याबिन)मा उपचार भइराखेको छ । अस्पतालले उनको हालको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य रहेको बताएको छ ।