मकवानपुर । गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका समस्त नेपाली दाजुभाइ–दिदिबहिनीमा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले सुख,शान्ति र समृद्धिको कामना गरेका छन् ।

आइतबार तमु ल्होसारका अवसरमा प्रदेशप्रमुख शर्माले दिएको शुभकामना सन्देशमा ल्होसारलगायत मौलिक पर्वले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।