दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा वनभोज खान हिँडेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परी २० जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एव प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बर्दियाको बढैया ताल गाउँपालिका–६ मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट दाङ चखौरामा पिकनिकका लागि हिडेको बस बिहान दुर्घटनामा परेको जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुँदा करिब २० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरेर तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल ल्याउने क्रम चलिरहेको प्रहरी नायव उपरीक्षक पोख्रेलले जानकारी दिए । बस कसरी दुर्घटना भयो भन्ने र कति जना यात्रु थिए भन्ने बारेमा अझै खुल्न नसकेको उनले बताए ।