काठमाडौं । चिनियाँ ब्रान्ड आईटीएलले आफ्नो उत्पादन एस२३ स्मार्ट फोन खरिदमा उपहार योजना ल्याएको छ । उक्त उपहार योजनाअन्तर्गत हरेक फोन खरिदमा ग्राहकले टि–सर्ट उपहार पाउने भएका छन् ।
आईटीएल एस२३ नाम दिइएको उक्त मोडलमा (८+८) जीबी + १२८ जीबीको स्टोरेज रहेको छ । ५० मेगा पिक्सेल रेअर क्यामरा तथा ८ मेगा पिक्सेल फ्रन्ट क्यामरा रहेको उक्त मोबाईलको नेपाली मूल्य १५ हजार ८९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । ५००० एमएएचको ब्याट्री, १० वाटको फास्ट चार्जिङ, ९० हर्जको रिफ्रेस रेट रहेको उक्त मोडेलको नेपालका लागि अधिकारिक बिक्रेता महालक्ष्मी मोबाइलस प्रालि रहेको छ । कम्पनीले १०० दिनको रिप्लेस्मेन्ट वारेन्टी पनि राखेको छ ।