काठमाडौं । होटल गुञ्जले अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्ष विशेष कार्यक्रम आइतबारदेखि सोमबारसम्म दुई दिनका लागि हुने होटल गुञ्जले जानकारी दिएको छ ।
होटल गुञ्जको जानकारीअनुसार न्यु इयर ईभमा स्टयान्ड–अप कमेडियन आदर्श मिश्रा र द हाइम्स ब्याण्डको लाइभ म्युजिक रहने छ भने नयाँ वर्षको दिनमा लोकप्रिय गायक अनिल गन्धर्व र द हाइम्स ब्याण्डको प्रस्तुति रहनेछ । साथै, नेपाली मोटो भ्लगर राजकुमार थापा, एलिसा खड्गी र इन्डियाका चर्चित सुपर बाइकरहरूको पनि उपस्थिति रहने छ । यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको छ ।