तेल अवीव । इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् । टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाएअनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन् ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ मलहरू र होटललगायत समावेश छन् । यता इजरायलले भने थुप्रै विद्यालय, मस्जिद र अन्य भवनहरू सैन्य उद्देश्यका लागि र गाजा आतंकारी समूहहरूले प्रयोग गरिएपछि आक्रमण गरेको बताएको छ । प्रतिवेदनले गाजाका ३६ वटा अस्पतालहरूमध्ये केवल आठ अस्पतालहरूले मात्र बिरामीलाई सेवा दिन सक्ने अवस्थामा रहेको बताएको छ ।