झापा । आफ्नै श्रीमतीको हत्या अभियोगका एक व्यक्ति पक्राउ परेका छन् । आफ्नै श्रीमती ६० वर्षीया ईन्द्र कुमारी बिश्वकर्माको हत्या गरेको अभियोगमा ईलाम माङसेबुङ गाउँपालिका–४ घर भई झापा दमक नगरपालिका–२ बगर मखमली टोल बस्ने ६० वर्षीय धन बहादुर बिश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सामान्य विवादको क्रममा धन बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको हो । उनको घटनास्थलमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।