काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २८ गते पोखराको सिटी स्क्वारमा आफ्नो १७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी छ अर्ब ४२ करोड नौ लाख दुई हजार ७२ रुपैयाँमध्येबाट नौ दशमलव ७५ प्रतिशतका दरले हुन आउने ६२ करोड ६० लाख ३७ हजार सात सय ७६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने तयारी गरेको छ । यसैगरी बैंकले कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशतका दरले हुन आउने तीन करोड २९ लाख ४९ हजार तीन सय ५६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।