काडमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । आज सोमबार बजार परिसुचक नेप्से आठ दशमलव ७५ अंकले ओरालो लागेर दुई हजार ६० दशमलव १५ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३७ अंकले ओरालो लागेर तीन सय ८५ दशमलव शुन्य सात बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय छ वटा कम्पनीहरुको एक लाख दुई हजार नौं सय पाँच पटक सेयर किनबेच भएको छ । जसबाट आज एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएको मध्ये बाणिज्य बैंक, बिकास बैंक, लगानी, उत्पादनमुलक र टे«डिङ उपसमुहहरुको सुचक उकालो लागेपनि फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।